+
Search

ताजा अपडेट +

पपुलर +

खानेपानी मन्त्रीलाई विदुर खानेपानीको आठ माग

water supply minster pradip yadav in falakhu
डबली खबर
१ साल अगाडी

पुस ६, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी मन्त्री प्रदीप यादवसँग विभिन्न आठ मागसहित ज्ञापनपत्र बुझाएका छन् । शनिबार विदुर खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका मन्त्री यादवलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको उपस्थितिमा संस्थाका अध्यक्ष सञ्जिबहादुर श्रेष्ठले ज्ञापनपत्र बुझाएका हुन् ।

खानेपानीमा प्रयोग हुने विद्युत महशुल कम्तिमा ५० प्रतिशत छुट हुनुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।

साना शहरी अन्तर्गत लगानी भएको आयोजनामा नगर विकास कोषको ऋणमा ब्याजदर मिनाह हुनुपर्ने र आयोजनामा उपभोक्ता समितीले व्यहोर्नुपर्ने २५ प्रतिशत ऋणभारलाई हटाई १० प्रतिशत गनुपर्ने माग राखेका छन् ।

सफा र स्वास्थ खानेपानी प्राप्त गर्नु हरेक नागरिकको नैर्सगिक अधिकार भएको हुँदा उपभोग गर्ने घरधुरी र जनसंख्याको आधारमा खानेपानी उपभोक्ता संस्थालाई राज्यबाट व्यवस्थापन खर्च वार्षिक रुपमा प्राप्त हुनुपर्ने छ ।

विदुर खानेपानीको प्रमुख मुहान फलाखु खोलाको किनारमा रहेको १५ सय मिटर पाईप लाईन हरेक वर्ष बाढी पहिरोबाट प्रभावित हुने हुदाँ वार्षिक रुपमा सङ्घीय सरकारबाट मर्मत् संहारको लागि हरेक वर्ष ५० लाख मर्मत खर्च छुट्याउनुपर्ने माग गरेका छन् ।

विदुर नगरपालिकाको सात वटा वडाको २५ हजार जनताको खानेपानीसँग जोडिएको तादी खोलाको किनारमा निर्माणधिन सम्पवेल खानेपानीको १६ ईन्च पाईप लाईनलाई सम्भव भएसम्म सबै पाइप लाईन सौर्य उर्जाबाट चल्ने सम्भव नभए विदुर नपा-वडा नम्बर ५ को पिपल्टारको सात सय घरधुरीसँग जोडिएको ४ इन्च पाईप लाईनलाई सौर्य उर्जाबाट सञ्चालन गनुपर्ने भनिएको छ ।

यसैगरी, संस्थाले नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाको सबैभन्दा पुरानो ऐतिहासिक त्रिशुली बजार विदुर नपा-१ का १५ सय घरधुरीलाई सफा र स्वास्थ खानेपानी उपलब्ध गराउन छुटै इष्टमेट अनुसार ४ लाख लिटरको ट्याङकी र खानेपानी पाईप लाईनको लागी बजेट व्यवस्था गर्न माग गरेका छन् ।

विदुर नगरपालिका वडा नम्बर १ ढुंगे पेट्रोल पम्पदेखि रसुवा जिल्ला उत्तरगया गाउँपालिकाको नयाँ पुलसम्मको पाईप लाईन गल्छी-त्रिशूली-मैलुङ-स्याफु्बेसी सडक आयोजनाले सडक निर्माण गर्दा १५ किलोमिटर खानेपानीको पाईप लाईन ध्वस्त बनाएको र उक्त पाईप लाईन जडान तथा मर्मतको लागि बजेट व्यवस्था गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ