+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा विश्व लगानीकर्ता सप्ताह

NIBL Capital Markets Limited investment week 2024
डबली खबर
१ साल अगाडी

नुवाकोट – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइएमबि एस क्यापिटल लिमिटेडले बट्टार लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेको छ ।

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा क्यापिटलले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले वित्तीय व्यवस्थापन अभिन्न, अपरिहार्य, अङ्ग महत्वपूर्ण विषय रहेको बताउँदै वित्तिय सन्तुलनले समग्रमा व्यक्तिगत र व्यवसायको सुदृढीकरणमा अहम् भूमिका खेल्ने बताए ।

लगानीकर्ता सप्ताहमा सेयर लगानीकर्ताहरुलाई यसका बारेमा जागरुक बनाउने, सचेतना अभिबृद्धि गर्ने, सेयर शिक्षा तथा सेयर बजारका विविध पक्षहरुका बारेमा जानकारी दिईएको क्यापिटलका प्रबन्धक सचिन्द्र ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नुवाकोट जिल्लाका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, सेयरमा लगानी गर्ने लगानीकर्तालगायतको सहभागिता रहेको थियो।

नेपाल विश्व नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था (आईओएससीओ) काे एशोसिएट सदस्य राष्ट्र हो । विश्व लगानीकर्ता सप्ताह कात्तिक १२ गतेसम्म मनाईने गरिन्छ । आईओएससीओले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ