+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भाषा दिवस मनाईयो

भाषा दिवस मनाईयो
डबली खबर
१ साल अगाडी

बट्टार – नुवाकोटमा पनि भाषा दिवस मनाइएको छ । नेवाः दय दबूले पुरानोपाटीमा दीपप्रज्वलन कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो ।

सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गरेको खुशीयालीमा धिमय् बाजासहित दिपप्रज्वलन गरिएको दबूका अध्यक्ष नरेन्द्र प्रधानले बताए ।

नेवाः र तामाङ समुदायले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । सो अवसर पारेर बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गरेको छ ।

यस्तै, आज सोमबार बिहान काठमाडौंको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको हो । ऐन कार्यान्वयनको घोषणासँगै नेपाल र तामाङ भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गरेको हो । 

गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

भाषा ऐन कार्यान्वयन घोषणापश्चात् वाग्मती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम चार भाषामा लेखिने छ । सरकारी कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अंग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ