नुवाकोट – विदुर नगरपालिकामा चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
नौ महिनादेखि ५ वर्ष उमेर समूहका तीन हजार ६८७ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानमा नगरमा चार हजार २९ बालबालिकालाई सो खोप लगाईएको नगरका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।
नगरमा खोप अभियान निकै उत्साहजनक रुपमा सञ्चालन भएको जनाउँदै जनस्वास्थ्य निरीक्षक भण्डारीले लक्षित समुहभन्दा नौ दशमलव २८ प्रतिशत बालबालिकाले खोप लगाएको बताए ।
उनका अनुसार नगरका सबैभन्दा बढी शहरी स्वास्थ्य केन्द्र ४ र ९ बाट सात सय ३८ बालबालिकाले खोप लगाएका छन् । यस्तै, सबैभन्दा कम गेर्खु स्वास्थ्य केन्द्रबाट ९२ बालबालिकाले खोप लगाएका छन् ।
खोप कार्यक्रम फागुन १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको अभियानमा नुवाकोटका १७ हजार ६३० जना ९ महिनादेखि ५ वर्ष उमेर समूहकाका बालबालिका खोप लगाइने लक्ष्य स्वास्थ्य कार्यालयले राखेको थियो । खोप अभियानका लागि नुवाकोटमा २८१ खोप केन्द्र, ३४७ स्वास्थ्यकर्मी र ५६२ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिएको थियो ।

प्रतिक्रिया