+
Search

ताजा अपडेट +

पपुलर +

“शिक्षासँगै रोजगारी पनि हुनुपर्ने”: पूर्व प्रधानन्यायाधीश सुशिला कार्की

डबली खबर
२ साल अगाडी

नुवाकोट – पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले शिक्षासँगै रोजगारी पनि हुनुपर्ने बताएकी छिन् । शनिबार यशोदादेवी भगवानसिंह केसी मेमेरियल ट्रस्टले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले उक्त धारणा राखेकी हुन्।

“विद्यावारिधी गरेकाले समेत रोजगारी नपाएर विदेशिनु पर्ने परिपाटी आएको अवस्था छ”, उनले भनिन् “अहिलेको सरकारमा त्यस्तो कुनै दृष्टी देखिदैन र आजसम्म कुनै पनि सरकारले पढाएपछि विद्यार्थीहरुलाई रोजगारी दिएको छैन। रोजगारीसहितको शिक्षा आजको आवश्यकता रहेको छ ।”

“अब त पढ्ने पनि उतै, रोजगारी पनि उतै, भरसक सेटल पनि उतै गर्ने, पाए विहे पनि उतै गर्ने पद्धति आयो”, उनले थपिन् “यसरी त् मुलुक सकिन्छ, मुलुक समाप्त हुन्छ ।”

“नेपाल सुनको टुक्रा जस्तो छ, देशमै उत्पादन गर्ने, आफ्नै चिजलाई राम्रो बनाउने हो ।”

हिमाल, पहाड र तराई भौगोलिक विविधताले सम्पन्न हाम्रो देशमा प्रकृतिले एकै समयमा फरक फरक मौसम दिएको छ । यसको सदुपयोग गर्ने हो भने विदेशिनु नपर्ने बताईकी छिन् ।

राणाकालिन, पञ्चायत र ०४६ पछि पनि देशमा रोजगारीसहितको शिक्षा प्रदान गर्ने नीति नभएको उनले बताईन् । अब नागरिकले समुदायस्तरमै आफैले विकास, निर्माणको साथै आर्थिक परिपूर्ति गर्ने अवस्था आएको बताईन् ।

“आफ्ना लखेट, दण्डेलाई छात्रवृत्ति दिन्छ, त्यसको दुरुपयोग हुन्छ, विद्यार्थी नेतागिरिको नाममा बालुवा, माटो, ढुंगा तस्करी गर्ने कार्यकर्ता छात्रवृत्ति दिन्छ तर आमजनतालाई दिदैंन ।”

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ