+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा कोरोना फैलिदैं, थप २३ संक्रमित

nuwakot coronavirus covid19 update nepal world
डबली खबर
४ साल अगाडी

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला १२ र पुरुष ११ जना रहेका छन् ।

त्रिशुली अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप २३ जनामा कोरोना देखिएको हो । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १६ जना, बेलकोटगढी नगरपालिकाका ५ जना, र तादी गाउँपालिकाका २ जना रहेका छन् ।

योसँगै जिल्लामा ५९ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमित सबै होम आइसोलेसनमा बसेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ४५० कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ