+
Search

ताजा अपडेट +

पपुलर +

अवैध नदिजन्य पदार्थको ओसारपसारमा संलग्न तीन सवारीसाधन कारवाहीमा, ७५ हजार राजश्व संकलन

Three vehicles involved in smuggling of illegal riverine substances have been taken into custody
डबली खबर
४ साल अगाडी

नुवाकोट – असार १ देखि भाद्रमसान्तसम्म नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न रोक लगाएकोमा उक्त नियम उल्लंघन गर्ने तीन टिपरलाई नुवाकोट प्रहरीले कारवाही गरिएको छ।

प्राकृतिक स्रोत साधनको बैठकले असारदेखि भदौसम्म नदी उत्खनन् गर्न नपाउने निर्णयको अवेज्ञा गर्दै नदिजन्य पदार्थ संकलन तथा ओसारपसार गर्ने बा४ख ३५५४, बा४ख २८९७ र बा.प्र.०१ ००६ख१८३० नम्बरका तीन टिपरहरुलाई प्रति टिपर २५ हजार रुपैयाँ जरिवाना लगाई जिल्ला समन्वय समितिमा बुझाईएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

ती टिपरहरुलाई बेलकोटगढी नगरपालिका वडा नं.७ महादेवफाँटस्थित त्रिशुली नदिबाट नदिजन्य पदार्थ बालुवा अबैध रुपमा उत्खनन् गरी लोड गरिरहेको अबस्थामा फेला पारेको र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईएको छ ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत असार १ गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो  ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ