+
Search

ताजा अपडेट +

पपुलर +

सुविन्द्रको ‘आफ्नै छायाले’ गीतको म्युजिक भिडिओ सार्वजनिक

Kina Chhodyo Aafnai Chhayale by Subindra KC Sentimental Song
डबली खबर
५ साल अगाडी

नेपाली सांगेतिक क्षेत्रमा उदयमान नुवाकोटका गायक सुविन्द्र केसीको ‘किन छोड्यो आफ्नै छायाले’ बोल गीतको म्युजिक भिडीओ सार्वजनिक भएको छ ।

आफ्नै गीति एल्बम “आरोहणमा” समावेश रहेको गीतको म्युजिक भिडीओ विन्ध्यवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लको शब्द संगीत रहेको छ। म्युजिक भिडीओमा दिपक पुनको निर्देशन रहेको छ । भिडीओ बसन्त केसीले छायांकन गरेका हुन् भने सम्पादन पनि केसीले नै गरेका हुन् ।

भिडीओमा सीव्रिश दसौडी, मेनका चौधरी र बिक्की कान्छाको अभिनय देख्न सकिन्छ ।

गत वर्ष सार्वजिनिक भएको गीति एल्बम “आरोहण” मा रहेको उक्त गीतको अपार चर्चापछि म्युजिक भिडीओ बजारमा ल्याएको गायक केसीले जानकारी दिए ।

भिडीओ

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ