+
Search

ताजा अपडेट +

पपुलर +

‘मिल्टेरीको जुत्ता’ सार्वजनिक (भिडीओ)

Milteriko Jutta Pawan Giri The Cartoon Crew Saroj & Aashma
डबली खबर
५ साल अगाडी

गायक पवन गिरीको लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ को म्युजिक भिडीओ सार्वजनिक भएको छ । नेपाल आइडलमा रकस्टारका रुपमा चिनिएका गायक गिरीले यसघिका गीत भन्दा फरक स्वादको गीत ल्याएका छन्।

वाइड लेन्स प्रोडक्सनले बजारमा ल्याएको छ भने गीतअनुसार निकै रमाइलो तरिका बाट म्युजिक भिडीओ बनाइएको छ जसमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

शुक्रबार युटुबमार्फत सार्वजनिक भएको भिडिओ दुई दिनभित्र नै करिब एक लाख ५० हजार जनाले हेरिसकेको छ।

सबैले सुन्न सक्ने सरल शब्द  र टिप्न सक्ने धुन समावेश यो गीत कोरनाका कारण निराश मनहरुमा मुस्कान ल्याउने खालको रहेको छ।  गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दाहालको रहेको छ।  गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।  

 धेरै जना टिमको सहयोगमा तयार भएको भिडियोलाई गम्भीर बिस्टले  कोरियोग्राफी र  अर्जुन तिवारीले  छायांकन गरेका हुन्।  जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्।

हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा  काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा भिडियो  तयार भएको  हो। भिडियोलाई वाइड लेन्स प्रोडक्सनको  च्यानल मार्फत सार्वजनिक गरिएको छ।  

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ