+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थालाई एक महिनाको घरभाडा छुट

डबली खबर
५ साल अगाडी

नुवाकोट – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढीरहेको अवस्थालाई मध्यनजर गर्दै ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलाई लिखु गाउपालिका वडा नं ४ का समाजसेवी रामचन्द्र अगस्तिले घरभाडामा सहुलियत दिएका छन् ।

ग्लोबल आईएमई लघुवित्तको चौघडा शाखालाई एक महिनाको नौ हजार बराबरको घरभाडा छुट दिएर घरबेटी अगस्तिले सामाजिक दायित्व निर्वाह गरेको हुनाले अगस्तीका दम्पतीलाई सम्मान गरेको शाखा कार्यालयका प्रमुख प्रदिप लामिछानेले जानकारी दिए ।

लकडाउनका कारण व्यवसाय संचालन गर्न सकेको छैनन्, विश्व नै आर्थिक मन्दीमा धकीलिएको छ भने अहिलेको अवस्था सहज छैन । सरकारले भाडा नलिन आव्हान गरेकोमा आफूले पनि मानवताको भूमिका निर्वाह गरेको अगस्तीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ