+
Search

ताजा अपडेट +

पपुलर +

कुमार साइकल अब भुटाेलमा, दरबार क्षेत्र घुम्न साईकल पाईने

kumar cycle pasal launch nuwakot bhutol bajar
डबली खबर
५ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका-४ बट्टारस्थित कुमार साईकल पसल एण्ड ड्राइभिङ ट्रेनिङ सेन्टरले आफ्नो पहिलो शाखा विस्तार गरेको छ।

करिब २५ वर्ष अगाडीदेखि सञ्चालनमा रहेको साईकल पसलले वडा नम्बर २ को भुटाेल बजारमा शाखा खोलिएको सञ्चालक युवा व्यवसायी सुबास श्रेष्ठले बताए ।

“सीप सिकेर आत्मनिर्भर भई व्यवसाय सञ्चालन गर्न ईच्छुकलाई नि:शुल्क तालिम दिई व्यवसाय सञ्चालनकाे निमित्त आवश्यक सम्पूर्ण सहयोग समेत उपलब्ध गराउने छाै” उनले बताए।

दरबार क्षेत्र जिल्लाकै पर्यटकीय स्थल भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि नुवाकोट दरबार क्षेत्र तथा आसपासका रमणीय स्थानहरु घुम्नको लागि माउन्टेन बाइसाईकल उचित मूल्यमा भाडामा पाउने उनले बताए ।

पसलमा विभिन्न ब्रान्डका साईकल, ट्राई साईकल तथा बच्चाहरूकाे लागि वाकर पाउनुका साथै हाेम डेलिभरीकाे समेत व्यवस्था रहेकाे अर्का सञ्चालक कुमार श्रेष्ठले जानकारी दिए ।

साथै पसलले ड्राइभिङ ट्रेनिङ सेन्टर मार्फत् हलुका सवारीसाधन कार, मोटरसाइकल र स्कुटर चलाउन सिक्नको लागि तालिम दिईरेहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ