+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा कोरोना सङ्क्रमित सङ्ख्या ८ पुग्यो

nuwakot coronavirus covid19 update
डबली खबर
५ साल अगाडी

नुवाकोट – तादी गाउँपालिका खरानीटारको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नुवाकोटमा सङ्क्रमित संख्या ८ पुगेको छ।

संक्रमित व्यक्ति १७ दिन अघि भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए।

संक्रमित व्यक्तिलाई खरानीटार अस्पतालको आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य सूचना अधिकारी उत्तम खनालले जानकारी दिए । संक्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसीङको कार्य स्थानीय गाउँपालिकाको समन्वयमा अघि बढाईएको खनालले जानकारी दिए ।

बिहिबार मात्र नुवाकोटमा १ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।

हालसम्म जिल्लामा पिसीआर परीक्षण ४४४ जनाको गरिएकोमा ३४५ जनाको निगेटिभ आएको छ भने ९२ जनाको नतिजा आउन बाँकी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ