+
Search

ताजा अपडेट +

पपुलर +

बाढीमा २४० जना भन्दाबढी सहकारीकर्मी बेपत्ता

डबली खबर
१ महिना अगाडी

असोज २२, नुवाकोट । विदुर नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीको कारण २४० जना भन्दा बढी सहकारीकर्मी बेपत्ता भएका छन् ।

नगरपालिका क्षेत्र सञ्चालित सहकारीहरुका सञ्चालक र शेयरसदस्यहरू बाढीमा परी बेपत्ता भएको विदुर नगरपालिकाका सहकारी प्रमुख नानीमैया नेपालले जानकारी दिईन् ।

बेपत्ता हुनेमा जिल्लाकै जेष्ठ सहकारी हाम्रो सहकारी संस्था लिमिटेडका ४६ जना र उत्तरगया बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ६५ जना शेयर सदस्य रहेका छन् ।

यस्तै, अजम्बरी साना किसान कृषि सहकारी संस्था लि.का २६ जना, क्रियटिभ बहुउद्देश्यीय सहकारी संस्थाका २१ जना, उत्तरगया बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ३४ जना, दक्षिणकाली बचत तथा ऋण सहकारीका ९ जना रहेका छन् ।

त्रिनेत्र र सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ७/७ जना र मिलन महिला कृषि सहकारीका १९ जना रहेका छन् ।

यसैगरी, शुलक्षणा बहुउद्देशीय सहकारी संस्था लिमिटेड, लाहुरे कृषि सहकारी संस्था लिमिटेड र लायन बचत तथा ऋण सहकारी संस्थाका २/२ जना रहेका छन् ।

विदुर नगरपालिका-१ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको भवन नै बाढीले पूर्णरूपमा पुरिएको थियो । सहकारीमा रहेका नगद, फर्निचर, कम्प्युटरलगायत कार्यालयका महत्वपूर्ण सामग्री पुरिँदा ठूलो आर्थिक क्षति भएको सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिए ।

बाढीमा प्रभावित हुनेको थप सङ्ख्याको टिपोट कार्य भइ रहेको कार्यालयले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ