+
Search

ताजा अपडेट +

पपुलर +

हस्त मेमोरियल स्कुलद्वारा नुवाकोटका क्षतिग्रस्त विद्यालयलाई राहत

डबली खबर
३ मिनेट अगाडी

असोज १९, नुवाकोट । बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका नुवाकोटका दुई विद्यालयलाई हस्त मेमोरियल स्कुल दुप्चेश्वरले राहत सहयोग उपलब्ध गराएको छ।

विद्यालयकी प्रधानाध्यापक अञ्जली तामाङले आज प्याब्सन नुवाकोटको समन्वयमा छलाख १९ हजार रुपैँया नगद राहतस्वरूप हस्तान्तरण गरेकी हुन् ।

सहयोगीहरूबाट संकलित उक्त रकममध्ये उत्तरगया पब्लिक बोर्डिङ स्कुललाई तीनलाख १९ हजार र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई तीन लाख दिइएको प्रदान गरिएको विदुर नगर प्याब्सन कमिटीका अध्यक्ष रामराजा कुमालले जानकारी दिए ।

बाढीबाट प्रभावित विद्यालयको पुनःस्थापना र शैक्षिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले आर्थिक सहयोग गरिएको प्याब्सन नुवाकोटले जनाएको छ ।

विपद्को कठिन समयमा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने मानवीय भावनाअनुसार यो कदम चालिएको प्रधानाध्यापक तामाङले बताईन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ