+
Search

ताजा अपडेट +

पपुलर +

विपद्पछिको महामारी जोखिम रोक्न स्वयंसेवकहरूलाई तालिम

डबली खबर
१८ मिनेट अगाडी

असोज १९, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि फैलिन सक्ने महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरण गर्न स्वयंसेविका र रेडक्रस स्वयंसेवकहरूका लागि विशेष तालिम सञ्चालन गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटले विदुर नगरपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र रेडक्रस स्वयंसेवकहरूका लागि विशेष तालिम सञ्चालन गरेको हो ।

स्वयंसेवकहरूका लागि महामारी नियन्त्रण विषयक तालिममा विपद्पश्चात् देखिन सक्ने विभिन्न संक्रामक रोगको रोकथाम, नियन्त्रण र जोखिम न्यूनीकरणका साथै स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका ज्ञान तथा सीप प्रदान गरिएको रेडक्रस सभापति हरि श्रेष्ठले बताए । तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र रेडक्रस स्वयंसेवक गरी २५ जनाको सहभागिता रहेको उनले जानकारी दिए ।

तालिममा सहभागीहरूलाई बाढीपछिको अवस्थामा पानीजन्य रोग, झाडापखाला, हैजा, टाइफाइडलगायतका रोग फैलिन नदिन अपनाउनुपर्ने सतर्कता, व्यक्तिगत तथा सामुदायिक सरसफाइ, सुरक्षित खानेपानीको व्यवस्था र प्रारम्भिक लक्षण पहिचान गरी तत्काल स्वास्थ्य संस्थामा सिफारिस गर्ने तरिकाबारे व्यावहारिक ज्ञान दिइएको थियो।

नुवाकोट जिल्ला शाखाका अनुसार तालिमले विपद् प्रभावित क्षेत्रमा स्वयंसेवकहरूलाई महामारीको जोखिम पहिचान र नियन्त्रणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने अपेक्षा गरिएको रेडक्रस नुवाकोटका मन्त्री उद्धव शर्मा रिजालले बताए ।

विदुर नगरपालिकाका प्रभावित बस्तीहरूमा अहिले पनि अस्थायी आवासमा बसिरहेका परिवारहरूका लागि पूर्वतयारी अपरिहार्य रहेको शाखाको भनाइ छ।

यसघि रेडक्रसले दुईदिने आपतकालीन खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन तालिम दिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ