+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली बजारका बासिन्दाहरलाई राहत प्रदान

डबली खबर
५१ मिनेट अगाडी

असोज १५, नुवाकोट । लुम्बिनीका भिक्षु मैत्री महास्थविरको पहलमा भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बनेका विदुर नगरपालिका वडा नम्बर १ त्रिशूली बजारका बासिन्दाहरलाई राहत प्रदान गरेका छन् ।

स्थानीय वडाध्यक्ष लेनिन रञ्जितको सिफारिसका आधारमा बाढीबाट क्षति व्यहोरेका स्थानीयहरूलाई ती सहायता उपलब्ध गराइएको भिक्षु महास्थविरले जानकारी दिए । आफ्नै जन्मभूमि त्रिशूलीका बाढीपीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले तीन ट्रक खाद्यान्न, भान्छाका लागि अत्यावश्यक भाँडाकुँडा, ग्यास-चुल्हो र प्रतिपरिवार नगद पाँच हजारसहितका सामग्रीहरू वितरण गरिएको उनले जानकारी दिए ।

प्रदान गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, तेल, नुन र चिनी जस्ता उपभोग्य वस्तुहरू चार सय ५० जनालाई बाँडिएको सुगतपुर विहार संरक्षण समितिका अध्यक्ष आनन्द शाक्यले जानकारी दिए ।

यस्तै, महिला स्वच्छता, कपडा, खानेपानी शुद्धीकरण औषधि तथा प्राथमिक उपचार किटहरू ठूलो संख्यामा हस्तान्तरण गरिएको छ। यसका अतिरिक्त दुई सय वटा इन्डक्सन चुल्हो, दुई सय थान प्रेसर कुकर र सोलार बत्तीसहित बालबालिकाका लागि खेलौना समेत वितरण गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा सामान्य जनजीवन फर्काउन राहत र पुनर्स्थापनाका कार्यक्रमलाई अझै निरन्तरता दिइने योजना रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ