+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीका पूर्व नगरप्रमुख खनालको निधन

डबली खबर
३ मिनेट अगाडी

साउन ३१, नुवाकोट । बेलकोटगढी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा (एमाले) नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको निधन भएको छ।

लामो समयदेखि अर्बुद (क्यान्सर) तथा फोक्सोसम्बन्धी गम्भीर स्वास्थ्य समस्याबाट पीडित खनालको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

केही समयअघि भारतमा करिब चार महिना उपचार गराएर नेपाल फर्किएका खनाललाई पुनः स्वास्थ्यमा जटिलता देखिएपछि सुरुमा काठमाडौँस्थित जनमैत्री अस्पताल र पछि सिल्भरलाइन अस्पताल भर्ना गरी उपचार भइरहेको थियो।

बेलकोटगढी नगरपालिका–१२ स्थायी घर भएका उनी पछिल्लो समय काठमाडौँको तारकेश्वर नगरपालिका–फुटुङमा बस्दै आएका थिए ।

खनाल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट बेलकोटगढी नपाको पहिलो प्रमुखमा ६ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका थिए।

दिवङ्गत खनालको पार्थिव शरीरलाई आइतबार नै दिउँसो पशुपति आर्यघाटमा पुर्‍याएर अन्तिम संस्कार एवं अन्त्येष्टि गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ