+
Search

ताजा अपडेट +

पपुलर +

विदुरको मेयरमा दाबी गर्न नपाउँदै पञ्चकन्याका अध्यक्ष तामाङ कानुनमै चिप्लिए

संविधानको धारा २१५ भन्नुपर्नेमा २५६ को गलत व्याख्या

Tej Bahadur Tamang, chairman of Panchakanya Rural Municipality in Nuwakot, is running for the post of mayor of Bidur Municipality
डबली खबर
२० मिनेट अगाडी

असार २०, नुवाकोट । आगामी स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर पदमा लड्ने घोषणा गरेका नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ चुनावी मैदानमा आउनुअगावै कानुनी र संवैधानिक तथ्यमा चिप्लिएका छन्।

विदुर नगरपालिका–२ मा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले नेपालको संविधान २०७२ को भाग र धाराको गलत व्याख्या गर्दै आफू तेस्रो कार्यकालका लागि गाउँपालिकामा उठ्न नपाउने तर्क अघि सारेका हुन्।

तर, उनले दाबी गरे जस्तो नेपालको संविधानको भाग १७ को दफा २५६ मा स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष सम्बन्धी कुनै व्यवस्था उल्लेख छैन।

नेपालको संविधानको धारा २१५ मा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । जहाँ दुई कार्यकाल निर्वाचित भइसकेको व्यक्ति तेस्रो पटक सोही गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्न नपाउने प्रावधान छ।

संवैधानिक प्रावधान जस्तो संवेदनशील विषयमा विना अध्ययन र गलत धाराको बुँदा उल्लेख गरेर भाषण गर्दा उनको अपरिपक्वता र कानुनी अज्ञानता सार्वजनिक मञ्चमै छताछुल्ल हुन पुगेको छ।

पालिकाको नेतृत्व गरिसकेका जिम्मेवार जनप्रतिनिधिले देशको मूल कानुनको धारा नै तोडमरोड गरेर गलत व्याख्या गरेपछि अहिले स्थानीयस्तरमा उनको आलोचना र चर्चा सुरु भएको छ।

चुनावी चर्चा कमाउन र विदुरका मतदाताको ध्यान आफूतिर आकर्षित गर्न हतारिएका तामाङले संविधानको धारा २१५ लाई बिर्सेर २५६ भनिदिँदा उनी उम्मेदवारीको औपचारिक घोषणा अगावै राजनीतिक रूपमा आलोचित बन्न पुगेका छन्। आफूलाई विदुरको भावी नेतृत्वका रूपमा प्रस्तुत गरिरहँदा सामान्य कानुनी तथ्य समेत हेक्का नराखी भाषण ठोक्ने पञ्चकन्याका अध्यक्ष तामाङको यो कमजोरीलाई विदुरबासीले कत्तिको गम्भीरताका साथ लिने हुन्, त्यो भने आगामी दिनमा स्पष्ट हुने नै छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ