+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी महानिरीक्षक कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

Song composed by Inspector General of Police Dan Bahadur Karki released
डबली खबर
८ मिनेट अगाडी

जेठ १, नुवाकोट । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ ।

गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।

गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

गायक समिर खरेल, सदिक्षा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडिओमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय रहेको छ ।

किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडिओमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको परिकल्पना रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ