+
Search

ताजा अपडेट +

पपुलर +

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु

traffic week 2083 in Nuwakot
डबली खबर
३ घण्टा अगाडी

२९ वैशाख, नुवाकोट । दुर्घटना न्यूनीकरणका लागि भन्दै नुवाकोटमा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह–२०८३ सुरू गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा “सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह अभियान सुरु गरिएको हो।

ट्राफिक सप्ताहको अवसर पारेर बट्टार क्याम्पस गेटदेखि बसपार्कसम्म जनप्रतिनिधि, सरकारी कर्मचारी, जिल्लास्थित तिनै निकायका सुरक्षाकर्मी, व्यवसायी तथा सर्वसाधारण, विभिन्न विद्यालयका विद्यार्थीहरुलगायतले प्रभातफेरीमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी प्रमुख बिपिन रेग्मीले ट्राफिक पालनाको अनुशासन सबै पक्षबाट भए सडक दुर्घटना कम हुने बताएका छन् ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने ट्राफिक प्रमुख विनोद ढकालले बताए । हप्ताभर चल्ने यस कार्यक्रम अन्तर्गत चालक तथा सहचालकहरूलाई प्रशिक्षण, पैदलयात्री सचेतना, विद्यालयहरूमा ट्राफिक नियम सम्बन्धी जानकारी र तीव्र गति नियन्त्रणका लागि विशेष जाँच जस्ता गतिविधिहरू सञ्चालन गरिने उनले जानकारी दिए।

ट्राफिक सप्ताह अवधिभर नियम उल्लंघन गर्नेलाई कारबाही भन्दा पनि सचेतना र शिक्षा दिने कार्यलाई प्राथमिकता दिइने जनाएको छ।

आजदेखि सुरु भएको यो विशेष अभियान आगामी जेठ ४ गते एक भव्य समापन कार्यक्रमका साथ टुङ्गिनेछ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ