२८ वैशाख, नुवाकोट । नुवाकोट क्रसर उद्योग सङ्घको अध्यक्षमा विष्णुभुषण चित्रकार चयन भएका छन् ।
आईतबार भएको सङ्घको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उनी बर्ड स्टोन क्रसर उद्योग प्रालिमा आबद्ध छन् ।
संस्थाको उपाध्यक्षमा आत्मा श्रेष्ठ, सचिवमा संजोग दुराल र कोषाध्यक्षमा प्रकाश कुवर चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा नवराज ढुङ्गाना, रामबाबु जिसी र रमेश मिश्र चुनिएका छन्।
संस्थालाई मार्गनिर्देश गर्न एक सल्लाहकार समितिको समेत गठन गरिएको छ। समितिमा सुन्दर दुवाल, शिवप्रसाद अधिकारी, कृष्ण अधिकारी, राजाराम अधिकारी, राजेन्द्र श्रेष्ठ छन् ।
प्रतिक्रिया