+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको खेल इतिहासमा विवेक जोशीको ऐतिहासिक उपलब्धि

Vivek Joshi's historic achievement in Nuwakot's sports history
डबली खबर
१२ घण्टा अगाडी

२७ वैशाख, विदुर । नुवाकोटका ब्याडमिन्टन खेलाडी विवेक जोशीले जिल्लाको खेलकुद इतिहासमा सफलता हासिल गरेका छन्।

हालै सम्पन्न ४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि बागमती प्रदेशको तर्फबाट छनोट भएसँगै उनी नुवाकोटको इतिहासमै पहिलो राष्ट्रिय ब्याडमिन्टन खेलाडी बन्न सफल भएका हुन्।

वर्षौँदेखिको कठोर परिश्रम, खेलप्रतिको समर्पण र उत्कृष्ट कौशलका कारण उनले बागमती प्रदेशको कडा प्रतिस्पर्धालाई चिर्दै राष्ट्रियस्तरको यात्रा तय गरेका हुन्।

उनको सफलताले नुवाकोटमा ब्याडमिन्टन खेलको नयाँ युग सुरुवात गरेको छ।

जिल्लाकै उत्कृष्ट खेलाडीको पहिचान बनाएका उनले राष्ट्रिय मञ्चमा पुगेर नुवाकोटको प्रतिनिधित्व गर्नु गौरवको विषय बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ