sujim bazar advert

११औं वर्डक्याम्प सम्पन्न

डबली खबर     भदौ २४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

काठमाडौं – विश्वव्यापी रूपमा आयोजना हुने वर्डप्रेसको ११औं संस्करणको वर्डक्याम्प सम्मेलन शनिबार सम्पन्न भएको छ । भाद्र २२ र २३ गतेसम्म दुई दिन सञ्चालन भएको सम्मेलनमा नेपालमा वर्डप्रेसको अवस्था र भूमिकाबारे प्रस्तुतिकरण तथा कार्यशाला भएको थियो ।

गैरीधारामा भएको सम्मेलनमा देश तथा विदेशबाट ५०० भन्दा बढीले सहभागिता जनाएको कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । वर्डप्रेस प्रयोगकर्ता डिजाईनर, डेभलपर, शब्द सामाग्रीकर्ता, बजार व्यवस्थापक लगायतलाई समेटेर आयोजना गरिएको सम्मेलनमा १२ विधाभन्दा बढी विषयकमा प्रशिक्षण दिइएको उनले बताए। वर्डप्रेसमा प्लगईनस् तथा थीम निर्माण गरेर नेपाली डेभलपरहरुले देशमै रहेर मनग्य आम्दानी गरिरहेको उनले जानकारी दिए ।

समुदाय र सहयोगको भावनालाई बढावा दिन बलियो जोड दिने अपेक्षा लिएको सम्मेलनमा दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरूले सहजीकरण गरेको र ३४ प्रायोजक तथा सहप्रायोजक रहेको थियो ।

प्रशिक्षकहरूले वर्डप्रेसलाई व्यावसायिकता प्रदान गर्दा आउन सक्ने चुनौती तथा तिनीहरूको समाधानका विषयमा प्रशिक्षण दिएका थिए ।

सम्मेलनमा प्रविधि र समाजबीचको सम्बाहक झिल्केलाई प्रस्तुति गरिएको थियो ।

सम्मेलनको अन्त्यमा आगामी ‘वर्डक्याम्प नेपाल’ मकवानपुरमा गर्ने घोषणा गरिएको थियो । 

बहुमुखी प्लेटफर्मका रुपमा रहेको वर्डप्रेस कुनै पनि प्रकारको वेबसाइट निर्माण गर्न प्रयोग गरिन्छ । साधारणदेखि जटिल वेबसाइट निर्माणमा प्रयोग हुने वर्डप्रेस एक नि:शुल्क र खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली (सीएमएस) हो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top