+
Search

ताजा अपडेट +

पपुलर +

मोबाइल व्यवसायी सङ्घमा श्रेष्ठ

The first convention of the Nuwakot Mobile Business Association, an organization of mobile sellers from various companies
डबली खबर
१३ घण्टा अगाडी

२७ वैशाख, नुवाकोट । विभिन्न कम्पनीका मोबाइल बिक्रेताहरुको संस्था नुवाकोट मोबाइल व्यवसायी सङ्घको पहिलो अधिवेशनबाट सरोज श्रेष्ठ अध्यक्ष चयन भएका छन्।

श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा लोकेश प्रधान, सचिव सुरेश अर्याल, सहसचिव कुमार डंगोल र कोषाध्यक्षमा विकास न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा समिर भुजेल, विरिलाल महतो, शंकर पाठक, रिनेशकुमार श्रेष्ठ, मुन्ना गिरी, सुवास श्रेष्ठ, सकिल खान, मिलन क्षेत्री, दिनेश घिमिरे, राजेन्द्र श्रेष्ठ, अनिष ढकाल २ प्रभात ग्लान चयन भएका छन् ।

सङ्घले मोबाईल बिक्रिवितरण र मर्मतमा एकरुपता ल्याउँदै उपभोक्तालाई प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने उद्देश्य राखेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।

अविधेशनको उद्घाटन नेपाला मोबाईल ब्यवसायी महासंघका केन्द्रिय सदस्य बद्री कुवरले गरेका थिए ।

अविधेशन उद्घाटन कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासङ्घ बागमती प्रदेश सदस्य रजित अर्याल, नुवाकोट उद्योग वाणिज्य सङ्घ द्वितिय उपाध्यक्ष सविन राजभण्डारीलगायतले व्यवसायीहरुको हकहितका लागि संगठित हुनु सकारात्मक रहेको धारणा राखेका थिए ।

नुवाकोटका करिब एक सयभन्दा व्यवसायी सङ्घमा आबद्ध रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ