+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र ‘काजी’को सुटिङ्ग युनिट नुवाकोटमा

nepali movie Kaji shooting unit in Nuwakot Bipin Karki Keki Adhikari
डबली खबर
१ घण्टा अगाडी

२७ वैशाख, नुवाकोट । बिपिन कार्की अभिनित चलचित्र ‘काजी’को सुटिङ्ग युनिट नुवाकोट आई पुगेको छ।

आइतबार निर्माण टोली जिल्लाको सुर्यगढी गाउँपालिका-५ फेदिबेंसी आईपुगेको हो । राजधानीबाट नजिक र मनोरम तथा रमणीयस्थललगायतको कारण नुवाकोट नेपाली चलचित्रको स्थल बन्दै आईरहेको छ।

आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा बिपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा मौलिक मायापिरतीमा आधारित रहेको छ ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई लक्ष्मण रिजालले निर्देशन रहेको छ ।

प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनी र सुजिल कर्माचार्यको पार्श्व संगीत छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ