२६ वैशाख, नुवाकोट । रसुवा भन्सार कार्यालयमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलगाएको कारण रोकिएको भन्सार जाँचपास पुनः सञ्चालन भएको छ।
अनिवार्य एमआरपी निति लागू नहुँदा आयतकर्ताहरूले आफ्नो गोदाममा सामान पु¥याएपछि मात्र स्टिकर टाँस्ने प्रतिबद्धता जनाएसँगै भन्सार प्रक्रिया सुरु भएको हो।
जाँचपास सुरु भएको पहिलो दिन (बिहीबार) ४ करोड ५० लाख र दोस्रो दिन (शुक्रबार) २ करोड गरी ६ करोड ५० लाख भन्दा बढी राजस्व संकलन भएको जनाएको छ।
दुई दिनमा ७३ वटा मालवाहक कन्टेनर जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ, जसमध्ये ३७ वटाले चिनियाँ स्याउ आयात गरेको छ। हाल १५० भन्दा बढी कन्टेनर भन्सार हटाभित्र छन्।
गत वर्ष असार २४ गतेको बाढीले भन्सार यार्ड र सुक्खा बन्दरगामा ९१ करोड २० लाख बराबरको क्षति पुर्याएको थियो।
सुक्खा बन्दरगामा पूर्ण रूपमा सफाइ र मर्मत हुन सकेको छैन। भुइँ सतह नमिलेकाले मालसामान बगरमा झारेर मूल्याङ्कन गर्नुपर्ने बाध्यता कायम छ।

प्रतिक्रिया