२४ वैशाख, नुवाकोट । नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको १५ औँ नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लिखु गाउँपालिकाले ऐतिहासिक सफलता हात पार्दै समग्रमा पहिलो स्थान हासिल गरेको छ।
वैशाख ६ गतेदेखि ८ गतेसम्म सञ्चालित यस प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यार्थी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगितामा लिखु गाउँपालिकाले २३ स्वर्ण, ७ रजत र ९ कास्य पदक सहित कुल ३९ पदक जितेर च्याम्पियन बन्न सफल भयो।
यस्तै, विदुर नगरपालिका १४ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित दोस्रो स्थानमा रह्यो भने म्यागङ्ग गाउँपालिका ६ स्वर्ण, १९ रजत र २ कास्य पदकका साथ तेस्रो स्थान ओगट्न सफल भयो।
प्रतियोगितामा व्यक्तिगत विधा तर्फ भलिबलमा साङ्गे दोर्जे लामा र अनिसा तामाङ (दुप्चेश्वर) तथा कवड्डीमा सुगम राई (लिखु) र अनिशा तामाङ (किस्पाङ) उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगितामा शिवपुरी गाउँपालिकाले ६ स्वर्ण, बेलकोटगढी नगरपालिकाले २ स्वर्ण, दुप्चेश्वरले २ स्वर्ण र किस्पाङले १ स्वर्ण पदक प्राप्त गरे।
राष्ट्रपति रनिङ शिल्डनै नगराई जिल्लास्तरीयमा सहभागिता जनाई द्वितीय स्थान विदुर नगरपालिका

प्रतिक्रिया