+
Search

ताजा अपडेट +

पपुलर +

डिजिटल कारोबारको सीमा वृद्धि

cash into mobile wallet
डबली खबर
२ हप्ता अगाडी

४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले कारोबार सीमा बढाएको छ। केन्द्रीय बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटमार्फत हुने कारोबारको सीमा विस्तार गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङमार्फत् दैनिक अधिकतम तीन लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत् दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ।

यस्तै, ‘डिजिटल वालेट’ प्रयोगकर्ताले दैनिक दुई लाख रुपैयाँसम्म र मासिक १० लाख रुपैयाँसम्म रकम पठाउन सक्नेछन्। एक वालेटबाट अर्को वालेटतर्फ हुने कारोबारमा दैनिक ५० हजार रुपैयाँ र मासिक पाँच लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने प्रक्रिया पनि व्यवस्थित बनाएको छ। नयाँ निर्देशनअनुसार एउटै वालेटमा एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम राख्न पाइनेछ।

केन्द्रीय बैंकको यो निर्णयले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने, डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित बनाउने र प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ