+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि आर्थिक गणना सुरु

करिब पाँच हजार जनशक्ति परिचालन

डबली खबर
४ महिना अगाडी

२ वैशाख, नुवाकोट । आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ । तालिमप्राप्त दक्ष सुपरीवेक्षक र गणकहरु सम्बन्धित क्षेत्रमाहरु खटाईएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार करिब पाँच हजार जनशक्ति परिचालन गरिएको तथ्याङ्क सङ्कलन कार्य आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले योगदानका लागि सबैलाई आग्रह गरेको छ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने जनाएको छ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ