+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टोखा-छहरे सडकखण्डमा चालकहरूको ‘लापसे’ परीक्षण, एकजना कारबाहीमा

टोखा-छहरे सडकखण्डमा चालकहरूको ‘लापसे’ परीक्षण, एकजना कारबाहीमा
डबली खबर
६ दिन अगाडी

२६ चैत, नुवाकोट। बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने र चालकहरूलाई जिम्मेवार बनाउने उद्देश्यका साथ नुवाकोटको टोखा-छहरे सडकखण्डमा विशेष जाँच अभियान सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय ढिकुरेको कार्यक्षेत्रभित्र पर्ने सडक खण्डमा चैत २५ गते बुधबार सञ्चालित विभिन्न सवारी साधनका चालकहरूको लागूपदार्थ सेवन (लापसे) परीक्षण गरिएको हो।

ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त आकस्मिक चेकिङका क्रममा २२ वटा सवारीसाधनका चालकहरूको विस्तृत स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए । परीक्षण गरिएकामध्ये एक सार्वजनिक सवारीसाधनका चालकले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ। यात्रुको सुरक्षामा खेलबाड गर्ने ती चालकलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको प्रहरीले उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामासहितको सामुहिक तस्बिर।

उक्त चेकिङ अभियानमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाको समेत उपस्तिथी रहेको थियो।

चालकहरूको लापसे परीक्षणका साथै उनीहरूको सामान्य स्वास्थ्य अवस्थाको समेत जाँच गरेको थियो। चालकको शारीरिक र मानसिक अवस्था ठिक नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले स्वास्थ्य परीक्षणलाई पनि प्राथमिकता दिइएको हो।

प्रहरीका अनुसार पछिल्लो समय मदिरा सेवन (मापसे) गर्दा गन्ध आउने र प्रहरीले सहजै थाहा पाउने डरले चालकहरू लागू पदार्थ सेवनतर्फ आकर्षित हुन थालेको ट्राफिक कार्यालयले जनाएको छ । लागूपदार्थको नशामा सवारी चलाउँदा दुर्घटनाको जोखिम अझ उच्च हुने भएकाले सो प्रवृत्तिलाई निरुत्साहित गर्न यो कार्यक्रम आयोजना गरिएको हो। सडकलाई सुरक्षित बनाउन र सवारी नियमको पूर्ण पालना गराउन आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ