१९ चैत, नुवाकोट । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । यो वर्ष जिल्लामा ४ हजार २२५ जना विद्यार्थीहरुले एसईई परीक्षामा सहभागिता जनाएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनी अनुसार नियमिततर्फ ३ हजार १७२, प्राविधिक धारतर्फ २२६ र ग्रेडवृद्धितर्फ ८२७ जना परीक्षार्थीले भाग लिएका छन् ।
एसईई परीक्षाका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि २९ गतेसम्म एसईई परीक्षा हुनेछ ।
परीक्षा नियन्त्रकका देशभर पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन् ।

प्रतिक्रिया