+
Search

ताजा अपडेट +

पपुलर +

चालकहरुको स्वास्थ्य परीक्षण

public vehicle free health checkup camp in Nuwakot by Traffic Nuwakot
डबली खबर
१ महिना अगाडी

१० चैत, नुवाकोट । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेपाल अस्पतालसँगको प्राविधिक सहकार्यमा आयोजित उक्त शिविरमा लामो तथा छोटो दूरीका सवारी चालकहरूको स्वास्थ्य जाँच गरिएको हो ।

अस्वस्थ वा शारीरिक रूपमा कमजोर रहेका चालकहरूले सवारी चलाउँदा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोमबार उक्त सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी काशी थापाले जानकारी दिए ।

कार्यक्रममा विशेषगरी चालकहरूको रक्तचाप, मधुमेह, आँखाको दृष्टि र मुटुको सामान्य अवस्थाको परीक्षण गरिएको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा कतिपय चालकहरूमा उच्च रक्तचाप र दृष्टिमा समस्या देखिएकाले उनीहरूलाई आवश्यक चिकित्सकीय परामर्श समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ