+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल मनी विक: विद्यार्थी लक्षित सिडिएससीको ‘स्मार्ट मनी टक्स’

डबली खबर
१ महिना अगाडी

५ चैत, काठमाडौं । ग्लोबल मनी वीकको अवसरमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी सचेतना कार्यक्रम गरेको छ । सिडिएससीले बुधबार ललितपुरमा काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीलाई पुँजी बजारसम्बन्धी स्मार्ट मनी टक्स सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

सिडिएससीका प्रबन्ध सञ्चालक प्रविन पन्दाकले काठमाडौं उपत्यकामा रहेका ६ वटा कलेजका विद्यार्थीहरुमाझ पुँजी बजारसम्बन्धी वित्तीय सचेतना कार्यक्रमको अयोजना गरेको जानकारी दिइन् । पद्म कन्या क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल ल क्याम्पस, पाटन बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पासका विद्यार्थी सहभागी थिए । युवा विद्यार्थी लक्षित गरेर पुँजी बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्दा यसले आगामी दिनमा पुँजी बजारमा युवाको आकर्षण बढाउन थप सहयोग पुर्याउने बताइन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डका कार्यकारी अधिकृत डा. नवराज अधिकारीले सिडिएससीले विद्यार्थीहरुलाई पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको बताए । उनले पुँजी बजारका नियामक निकायहरुले पुँजी बजारसम्बन्धी वित्तीय साक्षरताको कार्यक्रम गर्नुपर्ने बताए । ‘वित्तीय साक्षरताअन्तर्गत जोखिम मूल्यांकन कसरी गर्ने र बचत कसरी गर्ने भन्ने कुराहरु मुख्यरुपमा समेटिनु पर्छ’ उनले भने, ‘वित्तीय साक्षर भइसकेपछि यसलाई व्यवाहरमा उतार्नु प्रमुख चुनौती हो ।’ आफूले सिकेको ज्ञान व्यवहारमा उतार्न सकेमात्रै कुनै पनि व्यक्ति वित्तीय साक्षर भएको मानिने उनले बताए ।

यसैगरी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि सिडिएससीले विद्यार्थीमाझ वित्तीय सचेतना कार्यक्रमको आयोजना गर्नु धेरै राम्रो भएको बताए । सिडिएससीले हिताग्राही खाताको व्यवस्था गरेर सेयरलाई व्यवस्थित गर्न सहयोग पुर्याएको उनले जानकारी दिए । साथै, उनले सहभागि विद्यार्थीहरु माझ वित्तीय साक्षरतासम्बन्धी कार्यपत्र पनि पेश गरेका थिए । उनले कार्यपत्रमार्फत वित्तीय साक्षरता भनेको के हो, बचत कसरी गर्नेलगायत पुँजी बजारमा प्रवेशका बारेमा आधारभूत जानकारी दिएका थिए । साथै उनले पैसाको कुरा लुकाउने होइन, सिक्ने र सिकाउने समय हो । आजको सानो सोचले भोलिको ठूलो सफलता बनाउँछ भन्ने जस्ता जानकारी दिएका थिए ।

यस्तै कमाउने तरिका स्मार्ट बनाऔं, खर्च गर्नु अघि सोचौं, नियमित बचत गरौं र सोचेर लगानी गर्नुपर्ने जानकारी विद्यार्थी माझ गराएका थिए । साथै लगानीको लागि अरूलाई पछ्याउनु भन्दा, आफ्नो लक्ष्य अनुसार निर्णय लिँदा आजको बुद्धिमानी निर्णयले भोलिको आर्थिक भविष्य सुरक्षित बनाउँने उनको तर्क थियो ।

‘हामी सबैलाई राम्रो नोकरी गर्नु छ वा कमाई हुने व्यवसाय गर्नु छ, राम्रो घर बनाऊनु छ, गाडी चढ्ने सपना छ । देशमा समृद्दि चाहिएको छ । सकेसम्म आफैले यो सबै आफैले भोग्न मन छ, नसके आफ्ना सन्तानले यो सुख भोगुन भनेर सपना देख्छौं’ उनले भने, ‘तर कमाउने र राम्रो प्रगति गर्ने मान्छेलाइ सत्तोसराप गरेरै दिन रात कटाउछौं । वितृष्णा र घृणाको मन्द विष समाजमा किन घोल्दैछौं ? हाम्रा युवाहरु संस्कार, नैतिकता विर्सैर सामाजिक संजालमा कुरै नबुझी प्रस्तुत हुने कसरी बनायौ हामिले ? सामाजिक मनोदसा किन विकृत भयो? कहिले सुध्रिन्छौ हामी ?’ कार्यपत्रमाथि विद्यार्थीहरुले उत्साहपूर्ण अन्तरक्रिया तथा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ