+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी नारा ‘उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता’

डबली खबर
१ महिना अगाडी

१ चैत, नुवाकोट । राष्ट्रिय सहकारी महासंघले ६९औँ राष्ट्रिय सहकारी दिवसको मूल नारा सार्वजनिक गरेको छ।

महासंघको शनिबार सम्पन्न २२८औँ बोर्ड बैठकले यस वर्षका लागि ‘उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता’ नारा तय गरेको हो।

महासंघका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले सहकारी क्षेत्रमा सुशासन र उत्पादनमुखी अर्थतन्त्रलाई बढावा दिने उद्देश्यले उक्त नारा छनोट गरेको जनाएको छ।

सहकारी क्षेत्रमा हाल देखिएको संकट र बचतकर्ताको विश्वासको कमीलाई मध्यनजर गर्दै महासंघले यसपटक ‘पारदर्शिता’ लाई मुख्य एजेन्डा बनाएको छ। त्यसैगरी, सहकारीलाई केवल ब्याजको कारोबारमा मात्र सीमित नगरी उत्पादन र स्वरोजगारसँग जोड्न ‘उद्यमशीलता’ मा जोड दिइएको हो।

नेपालमा सहकारी स्थापना दिनको सम्झनामा हरेक वर्ष चैत २० गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ