३० फागुन, विदुर । नुवाकोटबाट काठमाडौं जाँदै गरेको एक सरकारी गाडीको ठक्करबाट एक जना मोटरसाइकल चालक घाइते भएका छन्।
शुक्रबार टोखा-छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–७, गुरुङगाउँस्थित सेल्फी डाँडामामा नजिक उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
केन्द्रीय कारागारका प्रमुख भेषबहादुर कुँवर आफैंले हाँकेको एमएच–१५टिसि–०४१५ए नम्बरको महिन्द्रा स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०२–०४०प ७१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
निर्वाचनको लागि नुवाकोटलागि प्राप्त भएको थियो । उक्त सवारीसाधन व्यस्त सडकमार्गमा चलाउन सिक्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालकको अवस्था सामान्य रहेको कारागार प्रमुख कुँवरले जानकारी दिए । घाईतेको उपचारमा प्रमुख आफैं खटेका छन् ।






























































प्रतिक्रिया