२७ फागुन, नुवाकोट । श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार तामाङले चुनावी खर्च विवरण बुझाएका छन् ।
तामाङले बुधबार जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा चुनावी खर्च र आम्दानी विवरण बुझाएको हो । औपचारिक रुपमा चुनावी खर्च र आम्दानी विवरण बुझाउने तामाङ पहिलो रहेको जिल्ला निर्वाचन अधिकारी होमबहादुर तामाङले जानकारी दिए ।
नुवाकोट-२ मा चुनावका उम्मेदवार तामाङले १ लाख ३ हजार रूपैयाँ खर्च भएको विवरण पेस गरेका छन् ।
तामाङले बुझाएको खर्च विवरणअनुसार सवारीसाधन ईन्धनमा ३० हजार, मतदाता नामावली प्रिन्टमा ३ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ३० हजार, प्रतिनिधि परिचालनमा २५ हजार र विविधमा १५ हजार खर्च भएको उल्लेख छ।
यस्तै, आफ्नै खेतमा फलेको धान बिक्री गरेर ५५ हजार र सहयोग बापत ३५ हजार नगद गरी कुल ९० हजार आम्दानी भएको विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया