+
Search

ताजा अपडेट +

पपुलर +

अचुत्तम ३२ हजार ५४ मतसहित विजयी

डबली खबर
१ महिना अगाडी

२३ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट-२ मा प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।

प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अचुत्तम लामिछाने विजयी भएका छन् । उनी ३२ हजार ५४ मतसहित विजयी भएका हुन्।

नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत, एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत, नेकपाका हीरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याए ।

नुवाकोट क्षेत्र नं. २ मा १ लाख २३ हजार ९३९ जना मतदाता रहेकामध्ये ७० हजार ४५२ जनाले मतदान गरेका थिए । जसमा कुल सदर मत ६७ हजार ९० र बदर मत ३ हजार ३६३ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ