२३ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले बलियो अग्रता कायम गरेका छन्।
पछिल्लो विवरण अनुसार क्षेत्र नं. १ मा डा. विक्रम तिमिल्सिना र क्षेत्र नं. २ मा अच्युतम लामिछाने आफ्ना प्रतिस्पर्धीहरू भन्दा निकै अगाडि देखिएका छन्।
दुवै निर्वाचन क्षेत्रमा रास्वपा (घण्टी चिह्न) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। नुवाकोट क्षेत्र नं. १ मा विक्रम तिमिल्सिनाले ४ हजार १९९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्। उनलाई नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले २ हजार ८५१ मतका साथ पछ्याइरहेका छन्। तिमिल्सिना र महतबीच १ हजार ३४८ मतान्तर रहेको छ।
१ नम्बर क्षेत्रमा हितबहादुर तामाङ २ हजार २४५ मतका साथ तेस्रो र बद्री मैनाली १ हजार ६६० मतका साथ चौथो स्थानमा रहेका छन्।
त्यस्तै, नुवाकोट क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अचुत्तम लामिछानेले निकै फराकिलो अग्रता बनाएका छन् ।
लामिछानेले २१ हजार ४०१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले ११ हजार ९८३ मत प्राप्त गरेका छन् ।
लामिछाने आफ्ना प्रतिस्पर्धी केसी भन्दा ९ हजार ४१८ मतको भारी अन्तरले अगाडि रहेका छन् ।
यसैगरी, नेकपा एमालेका केशवराज पाण्डे ६ हजार ३६३ मतका साथ तेस्रो र नेकपाका हिरानाथ खतिवडा ५ हजार ८४५ मतका साथ चौथो स्थानमा रहेका छन् ।
प्रतिक्रिया