+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन: मतगणना जारी, ३०४ मत बदर

डबली खबर
१ महिना अगाडी

२२ फागुन, नुवाकोट । प्रतिनिधिसभा सदस्य पदको निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नं. २ मा मतगणना कार्य तीव्र रूपमा अगाडि बढेरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ५ हजार ७५१ मतगणना गरिएको छ ।

विवरणअनुसार गणना गरिएका कुल मतमध्ये ५ हजार ४४७ मत सदर भएका छन् भने ३०४ मत बदर भएका छन् ।

प्रारम्भिक नतिजाअनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

बदर मतको संख्या करिब ५.३ प्रतिशत छ ।

नुवाकोटमा मतदाता शिक्षा प्रभावकारीमा प्राविधिक त्रुटिहरू देखिएको छ ।

अहिलेसम्म क्षेत्र नम्बर २ को बेलकोटगढी नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ को मतगणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका अचुतम लामिछानेले २ हजार ६३ मत प्राप्त गरी अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ