sujim bazar advert

नुवाकोटमा मनाईयो लदी पर्व

डबली खबर     फाल्गुन १९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

majhi community Ladiya Parva in Nuwakot
Big Education Consultancy Nuwakot

१९ फागुन, विदुर । नुवाकोटका माझी समुदायले दोस्रोपटक लदी पर्व मनाएका छन् । समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार विशेष पर्वको रूपमा मनाउने गर्दछ ।

विदुर नगरपालिका-३ बुधसिंहघाटका नुवाकोट माझी महिला उत्थान संस्था तथा नेपाल माझी उत्थान संघ नुवाकोटले संयुक्तरुपमा पर्व मनाईएको संस्थाका अध्यक्ष राधिका माझीले जानकारी दिईन् । समुदायको परम्परागत धार्मिक मूल्य, मान्यता, संरक्षण जिम्मेवारी हाम्रो उत्तरदायी एक आपसमा मिलेर गर्नुपर्ने उनले बताईन् ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्षहरु, चण्डी आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद अधिकारीलगायतको उपस्थितिमा माझी समुदायले विशेष पूजाआजा गरेका थिए ।

नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने कामनासहित माझी समुदायले प्रकृति पुजा नदीलाई पुजा गरी लदी पर्वको मनाएका हुन् ।

कार्यक्रममा माझी समुदायको पहिचान सम्बन्धि विविध सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।

माझी समुदायको मुख्य पेसा नदीमा डुङ्गा तार्ने र माछा मार्ने भएतापनि कालान्तरमा उक्त पेसा लोप हुँदै गएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top