+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले जिते देशले स्थिरता प्राप्त गर्छ: डा. महत

Dr Prakash Sharan Mahat
डबली खबर
२ महिना अगाडी

१६ फागुन, खरानीटार । आगामी प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका उम्मेदवार डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जिते देशले स्थिरता प्राप्त गर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को खरानीटारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।

‘राष्ट्रिय राजनीति अत्यन्तै तरल छ, देश संकटको अवस्थामा छ, देश झन् कमजोर हुने खतरा विद्यमान छ”, उनले भने ‘यो परिस्थितिबाट देशलाई जोगाउन जरुरी छ । लोकतन्त्रलाई मजबुद बनाउन र जोगाउन जरुरी छ। विधिको शासन सुनिश्चित गर्न जरुरी छ ।’

गएको आन्दोलनबाट भएको विध्वंशलाई लक्षित गर्दै उनले भने, ‘विनाश होइन, निर्माण गर्न जरुरी छ। विनाश गर्न सजिलो हुन्छ। भत्काउन सजिलो हुन्छ, समयनै लाग्दैन ।’

‘हामी बनाउने योद्धा हौँ’, उनले भने, ‘यो अर्ली निर्वाचनमा नेपाली कांग्रेस जस्तो परिपक्क पार्टी सत्ताको नेतृत्वमा पुग्न जरुरी छ।’

उनले नेपाली कांग्रेस संसदमा अत्याधिक संख्याको साथ पुग्नु जरुरी रहेको बताउँदै देशले स्थिरता प्राप्त गर्ने दाबीसमेत गरे ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ