१३ फागुन, नुवाकोट । आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावीसभालाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ नुवाकोट आउने भएका छन् ।
नेताद्वय लामिछाने र घिसिङ आआफ्नो पार्टीको छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गर्न नुवाकोट आउन लागेका हुन् ।
बिहीबार (भोलि) रास्वपाले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न लामिछाने नुवाकोट आउन लागेको जिल्ला सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।
लामिछानेले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ र २ मा छुट्टाछुट्टै हुन लागेको चुनावीसभालाई सम्बोधन गर्नेछन् ।
लामिछानेले भोलि विदुर नगरपालिकाको हावाघरस्थित पार्टी कार्यालय अगाडी हुने र लिखु गाउँपालिका-६ छहरेस्थित सेरा डिलमा हुने चुनावीसभालाई सम्बोधन गर्नेछन् ।
यस्तै, उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ यही फागुन १५ गते शुक्रबार नुवाकोट आउने भएको छ ।
घिसिङले जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ का खरानीटार, समुन्द्रटार बजार, पञ्चकन्या र शिवपुरी गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्ने जिल्ला अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिए ।
यसैगरी घिसिङले नुवाकोट-२ नम्बर क्षेत्रको किस्पाङ गाउँपालिका दावाचेत बजार, विदुर नगरपालिका-९ स्थित कोलनीमा चुनावीसभालाई सम्बोधन गर्नेछन् ।