sujim bazar advert

रसुवागढीको सुख्खा बन्दरगाहलाई पिपलटारमा स्थानान्तरण गरिने: उम्मेदवार केसी

डबली खबर     फाल्गुन १२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

jagadishwor narshing kc nuwakot area 2
Big Education Consultancy Nuwakot

१२ फागुन, नुवाकोट । प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले रसुवागढीको सुख्खा बन्दरगाहलाई पिपलटारमा स्थानान्तरण गरी विदुरलाई व्यापारिक केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले मतदातासमक्ष जारी गरेको अपिलमा देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार र आर्थिक संकटको सम्बोधन गर्दै सुशासन, आर्थिक सबलीकरण र स्थानीय विकासलाई प्राथमिकता दिने उनले आफ्नो अपिल मार्फत प्रतिबद्धता व्यक्त गरेका छन् ।

नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका उनले बुङताङलाई सुन्तला, किस्ताङलाई ट्राउट माछा, काहुलेलाई तरकारी र बेलकोटगढीलाई आलु उत्पादन क्षेत्रको रूपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् ।

अपिलमा उल्लेखित प्रमुख योजनाहरु रानीपौवा–पीपलटार सडकको बहुवर्षीय ठेक्का, चौतिस किलो–आरूखर्क–बाघखोर सडक, कोल्पुटार–दियाले–पञ्चासे–भ्याङ्लीपोखरी सडक लगायत दर्जनौं सडकहरूको निर्माण र स्तरोन्नति गर्ने उल्लेख छ । मध्यपहाडी लोकमार्ग र गल्छी–त्रिशूली–रसुवागढी सडकको सुधार, वञ्चित समुदायको पैरवी, रोजगारी प्रवर्द्धन र जिल्लाको चौतर्फी विकास प्रतिबद्धता जनाएको छ ।

केसीको अपिलमा नेपाली कांग्रेसको ऐतिहासिक विरासतलाई जोड दिइएको छ । उनले २००७ सालको क्रान्तिदेखि २०७२ को संविधान निर्माणसम्म पार्टीको नेतृत्वकारी भूमिकालाई स्मरण गर्दै वर्तमान राजनीतिक संकटबाट देशलाई मुक्त गर्न कांग्रेस नै सक्षम रहेको दाबी गरेका छन् ।

“देश सिद्धान्तहीन सत्ता दाउपेच र अराजकताको चपेटामा फसेको छ,” अपिलमा भनिएको छ, “यसलाई सम्हाल्न परिपक्व नेतृत्व आवश्यक छ, जुन कांग्रेससँग मात्र छ ।”

अपिलमा राष्ट्रिय मुद्दाहरू जस्तै भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, कूटनीतिक सन्तुलन र आर्थिक गतिशीलता निर्माणलाई जोड दिइएको छ ।

केसीले युवा आवाजलाई सम्बोधन गर्दै जनउत्तरदायी शासन स्थापित गर्ने र सामाजिक अराजकता रोक्ने प्रतिबद्धता जनाएका छन् । साथै, विश्व भूराजनीतिक दबाबबाट नेपाललाई जोगाउन राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख छ ।

स्थानीय विकासका लागि केसीले नुवाकोट क्षेत्र नं. २ को भौतिक पूर्वाधारमा विशेष ध्यान दिने योजना अघि सारेका छन् ।

विगतमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र बहादुरसिंह लामाको योगदानलाई स्मरण गर्दै उनले शिक्षा, स्वास्थ्य र सडक सञ्जालको सुधारमा योगदान दिएको बताएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top