+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता: डा. महत

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता: डा. महत
डबली खबर
१ महिना अगाडी

१२ फागुन, विदुर । नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. प्रकाशशरण महतले आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमार्फत ‘समृद्ध नुवाकोट निर्माण अभियान’ अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

डा. महतले समाजको आधारभूत आवश्यकताका रूपमा रहेका यी दुई क्षेत्रमा आमूल सुधार ल्याउने संकल्प गर्दै विभिन्न योजनाहरू सार्वजनिक गरेका हुन् ।

शिक्षित, प्राविधिक रूपमा दक्ष र स्वस्थ नागरिक निर्माण गरेर नै क्षेत्रको दिगो विकास सम्भव हुने डा. महतको चुनावी प्रतिबद्धता रहेको छ ।

शिक्षा क्षेत्रको आधुनिकीकरणका लागि डा. महतले सूचना प्रविधिको हालको तीव्र विकासलाई आत्मसाथ गर्ने योजना अघि सारेका छन् । यस अन्तर्गत बागमती प्रदेशस्तरीय आवासीय प्राविधिक एवं सूचना प्रविधि शिक्षालय स्थापना गर्न विशेष पहल गरिने डा. महतको प्रतिबद्धता पत्रमा उल्लेख छ।

दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय पठनपाठनमा जोड दिँदै डा. महतले हरेक क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति तयार पार्ने लक्ष्य राखेका छन् । यसका लागि सुविधायुक्त विद्यालयहरूको निर्माण, प्राविधिक शिक्षाको विस्तार र आधुनिक डिजिटल शिक्षण प्रणालीलाई विद्यालयहरूमा प्रभावकारी रूपमा अवलम्बन गरिने कुरा स्पष्ट पारिएको छ।

स्वास्थ्य क्षेत्रमा नागरिकको सहज र गुणस्तरीय पहुँच सुनिश्चित गर्न डा. महतले नुवाकोट क्षेत्र नं. १ मा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालन गर्ने योजना ल्याएका छन् ।

स्थानीयस्तरमै विशेषज्ञ चिकित्सक र प्रविधिसहितको उपचार पद्धति विकास गरी स्वास्थ्य सेवालाई भरपर्दो बनाउनु डा. महतको मुख्य उद्देश्य रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ