१२ फागुन, नुवाकोट । विदुर नगरपालिका-२ बट्टारमा एक करोड ३७ लाख रुपैँयामा बाराही मन्दिर निर्माण गरिएको छ ।
प्यागोडाशैलीमा निर्माण भएको मन्दिरको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उपप्रमुख प्रभा बोगटी, २ नम्बर वडाका वडाअध्यक्ष दिपक कायस्थ, ४ नम्बर वडाका निलमबाबु ढुङ्गेलको उपस्थितिमा उद्घाटन गरेका हुन् ।
६ रोपनी क्षेत्रफलमा निर्माण भएको बाराही मन्दिर तथा हरियाली उद्यान निर्माण समितिका अध्यक्ष शैलेन्द्रराज श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणमा बागमती प्रदेश सरकार, स्थानीय तह र स्थानीयको आर्थिक सहयोग रहेको उनले बताए ।
मन्दिरमा पाँच दिनसम्म महाकाली, लक्ष्मी, सरस्वती, ६४ योगिनी, नौगरह, वास्तु तथा क्षेत्रपालको विधिवत रुपमा पुजापाठ गरी बाराही भगवतीको मूर्ति स्थापना गरिएको थियो ।
मन्दिर जिर्ण भएपछि स्थानीयको पहलमा उक्त मन्दिरले स्वरुप पाएको हो ।
मन्दिरमा वैशाख पूर्णिमा अर्थात् सिन्दुरे जात्राको दिन विशेष मेल समेत लाग्ने गर्दछ।

प्रतिक्रिया