sujim bazar advert

आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको निर्देशन

डबली खबर     फाल्गुन १०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

election commission of Nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१० फागुन, नुवाकोट । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण सुनिश्चित गर्न निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता, २०८२को पूर्ण पालना गर्न आयोगले पुनः सबै सरोकारवालालाई सचेत गराएको छ।

आयोगका अनुसार आचारसंहिताको कार्यान्वयन र अनुगमन निरन्तर भइरहेको छ तथा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षहरूले कानुनी दायित्वबोधका साथ यसलाई पालना गर्नुपर्ने हुन्छ।

हालै केही स्थानीय तहका जनप्रतिनिधिहरू आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने उजुरी तथा गुनासा प्राप्त भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विशेषगरी आफू बहाल रहेको स्थानीय तहभित्रै दल वा उम्मेदवारको पक्षमा खुलेर प्रचारमा उत्रिएको आरोपहरू आयोगमा दर्ता भएका छन्।

आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांशअन्तर्गत बुँदा नं. (४) ले स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा मात्र सम्बन्धित दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने व्यवस्था गरेको छ। सोही दफाको खण्ड (ख) ले त्यस्तो अवस्थामा समेत सरकारी स्रोत–साधन प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ। यसबाट स्थानीय कार्यपालिकाका पदाधिकारीले सीमित र स्पष्ट दायराभित्र रहेर मात्र निर्वाचन गतिविधिमा सहभागिता जनाउन सक्ने देखिन्छ।

यस परिप्रेक्ष्यमा आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई आफू कार्यरत रहेको स्थानीय तहमा कुनै पनि दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ। पदको मर्यादा, तटस्थता र कानुनी जिम्मेवारीलाई ध्यानमा राख्दै आचारसंहिता विपरीत गतिविधिमा सहभागी नहुन आयोगले कडा आग्रह गरेको छ।

आचारसंहिता उल्लङ्घन गरेको पाइएमा सोही आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ। साथै जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरूलाई प्रभावकारी अनुगमन गरी पूर्ण पालना सुनिश्चित गर्न निर्देशन दिइएको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top