sujim bazar advert

नुवाकोटमा निर्वाचन सुरक्षा सम्बन्धी संयुक्त अभ्यास

डबली खबर     फाल्गुन ९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Joint exercise on election security in Nuwakot
Big Education Consultancy Nuwakot

९ फागुन, विदुर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूले तीव्र तयारी गरिरहेका छन् ।

यस क्रममा नुवाकोट जिल्लामा नेपाली सेनाको शेर गणको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र निर्वाचन प्रहरीहरूसँगको समन्वयमा आज जिल्लाभर मतदानस्थल नजिकै संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको शेर गणका गणपति आविष्कार ढुंगानाले जानकारी दिए ।

संयुक्त सुरक्षा अभ्यास सञ्चालन

शेर गणले मिति गत माघ २१ गतेदेखि जिल्लाका चार रणनीतिक स्थानहरूमा कम्पनी सञ्चालन आधार स्थापना गरी फौज परिचालन गरेको थियो। त्यसपछि फागुन ६ गतेदेखि थप २४ स्थानहरूमा ‘पोस्ट अपरेटिङ बेस’ स्थापना गरी जनतामा सुरक्षा प्रत्याभूति दिलाउन विभिन्न अपरेसनल कारबाहीहरू सञ्चालन गरिरहेको छ।

संयुक्त अभ्यासमा निर्वाचन पूर्व, निर्वाचनको दौरान र निर्वाचनपछि आउन सक्ने विभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न सुरक्षा फौजले निर्वाह गर्ने भूमिका तथा रणनीतिहरू अभ्यास गरिएको थियो।

यस्ता अभ्यासहरूले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न, शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न तथा शान्ति भंग गर्ने गतिविधिहरूलाई निरुत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

अभ्यासले सुरक्षा निकायहरूबीच वास्तविक समयमा सूचना आदानप्रदानलाई सहज बनाई उपयुक्त सुरक्षा रणनीति तयार पार्न र तत्काल परिचालन हुन मद्दत पुग्ने शेर गणका गणपति ढुंगानाले बताए ।

यी अभ्यासहरूले निर्वाचनलाई सुरक्षित बनाउन सुरक्षा निकायहरूको तत्परता र समन्वयलाई झल्काउँछन्। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा यस्ता तयारीले मतदातालाई भयरहित रूपमा मतदान गर्न प्रोत्साहन मिल्ने अपेक्षा रहेको उनले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top