+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचनमा नेपाल प्रहरी कुनै त्रुटि र गल्ती रहित तवरले परिचालन हुनेछ: प्रहरी अतिरिक्त महानिरीक्षक शाह

निर्वाचनमा नेपाल प्रहरी कुनै त्रुटि र गल्ती रहित तवरले परिचालन हुनेछ: प्रहरी अतिरिक्त महानिरीक्षक शाह
डबली खबर
२ महिना अगाडी

४ फागुन, विदुर । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धिविक्रम शाहले निर्वाचनलाई त्रुटिरहित र भयरहित बनाउन नेपाल प्रहरी पूर्ण तयार रहेको बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नुवाकोट जिल्लामा सुरक्षा तयारी र निर्वाचन आचारसंहिता कार्यान्वयनको पक्षको निरीक्षण गर्न नुवाकोट आएका शाहले नुवाकोटका सुरक्षा निकाय, राजनीतिक दलका उम्मेदवार र सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उक्त भनाइ राखेका हुन् ।

कार्यक्रममा उनले भने “नेपाल प्रहरी कुनै त्रुटि र गल्ती रहित तवरले परिचालन भएर यो निर्वाचन शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा हरेक मताधिकार प्रयोग गर्न पाउने नागरिकले मताधिकार पाउने गरी निर्वाचन सम्पन्न हुनेछ ।”

कार्यक्रमबाट आएका सुझाव तथा प्रतिक्रियालाई केन्द्रमा पेश गरिनुको साथै निर्वाचनमा सौहार्दपूर्ण सम्पन्न गर्न सरोकारवालाको सहयोगको अपेक्षा रहेको उनले बताए । प्रहरी र सम्पूर्ण सुरक्षा निकाय खटिरहँदा त्यसमा सबैको सहयोग अपेक्षा रहने र सहयोग बिना त्यो पुरा नहुने उनले बताए ।

जिल्लाको सुरक्षा समितिसँगको बैठक र राजनीतिक दलहरूसँगको अन्तरक्रियामा निर्वाचन सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ