४ फागुन, नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ककनी गाउँपालिकामा सञ्चालन गरेको घरदैलो तथा मतदाता भेटघाट अभियानले एमाले पंक्तिमा नयाँ उत्साह थपेका छन् ।
ककनीका विभिन्न वडाहरूमा आयोजित घरदैलोका स्थानीय मतदाताहरूले विगत ३० वर्षदेखि पटकपटक मन्त्री र अर्थमन्त्री पाएर पनि राजधानी नजिक नुवाकोटको अवस्थामा खासै परिवर्तन नआएको भन्दै असन्तुष्टि पोखेको र यसपटक विकल्पका रूपमा एमालेलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामान्य किसान परिवारमा जन्मेर संघर्ष गर्दै आएका र स्थानीय समस्यामा सधैं साथ रहने नेताका रूपमा चिनिएका मैनालीको उम्मेदवारीलाई स्थानीयले सहर्ष स्वागत गरेका छन् ।
विशेष गरी ‘जेन जी’ र युवा पुस्ताले नयाँ विचार र कार्यान्वयन योग्य भिजनका लागि एमाले रोजेको तथा ककनीबाट सुरु भएको यो ऊर्जा सूर्यगढी, शिवपुरी र दुप्चेश्वरसम्म फैलिने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।



















प्रतिक्रिया