+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भैरवी मन्दिरबाट लामिछानेको प्रचारप्रसार सुरु

भैरवी मन्दिरबाट लामिछानेको प्रचारप्रसार सुरु
डबली खबर
२ महिना अगाडी

४ फागुन, विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछानेले आफ्नो चुनावी प्रचारप्रसार भैरवी मन्दिरबाट सुरु गरेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार सुरु भएसँगै खेलकुद विशेषज्ञ लामिछानेले नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलको उपस्थितिमा मन्दिर पुगेर औपचारिक रुपमा आफ्नो चुनाव केन्द्रित घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

कार्यक्रममा लामिछानेले आफ्नो उम्मेदवारीको वाचा पत्र सार्वजनिक गरेका थिए ।

नुवाकोटको विकासका लागि तथ्यमा आधारित सोच, अनुसन्धानमुखी दृष्टिकोण र व्यवहारिक योजना उनको प्रमुख शक्ति रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ